काठमाडौं । ‘जेनजी अलायन्स’ नामक युवा समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै आज आयोगमा औपचारिक निवेदन दर्ता गरेको छ।

अलायन्सका प्रतिनिधिहरूको टोलीले अख्तियार प्रमुखलाई सत्ता र ठूला ठेकेदारको पक्षमा ढल्किएको, ठूला भ्रष्टाचारमाथि मौन रहँदै साना मुद्दामा मात्र कारबाही गर्ने प्रवृत्ति देखिएको आरोप लगाएको छ।
निवेदन बुझाएपछि टोलीले भन्यो, “अख्तियार जस्तो संवैधानिक निकायले न्याय र सत्यका पक्षमा काम गर्नुपर्ने हो, तर अहिलेको नेतृत्वले जनताको भरोसा गुमाएको छ, त्यसैले उनीहरूले तत्काल पदबाट राजीनामा दिनुपर्छ।”
अख्तियार परिसरमा प्रहरीको कडा सुरक्षा बीच अलायन्सका सदस्यहरूले “भ्रष्टाचारमुक्त नेपाल हाम्रो सपना” र “जनताको अख्तियार जनताको हातमा” भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन पनि गरेका थिए।




















प्रतिक्रिया