Logo

प्रमुख समाचार

इलाम बाढीपहिरो: मृत्यु हुनेको संख्या ३९ पुग्यो



काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो ।

सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए ।

योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता भएका हुन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १२:५०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।