काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो ।
सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए ।
योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता भएका हुन् ।





















प्रतिक्रिया