काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका सूचना अधिकारी एवं सहायक सीइओ अर्जुन राज खनियाको व्यक्तिगत बिषयको समाचार नलेख्न कार्यवाहक सीइओ सन्तोष कुमार राठीले दवाव दिएका छन्।
‘खनियाले यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा मुछिएका बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई संरक्षण गर्दै आएको र उनी आँफै ‘एक महिला पत्रकारसँगको निकटतम सम्बन्धका कारण चर्चामा छन्’ भन्ने बिषयले बैंकको साखमा धक्का पुग्ने भन्दै उनीहरुको सम्बन्धका बारेका थप समाचार नलेख्न दवाव दिएका हुन्।
पछिल्लो समय अनलाईनपाना डटकमले एनआईसी एशिया बैंकको संस्थागत सुशासन र कर्मचारीका गलत काम कारबाहीका सम्बन्धमा नियमित रुपमा खबरदारीपूर्ण समाचार सम्प्रेषण गर्दै आइरहेको छ। सोहि क्रममा व्यक्तिगत कुराकानी गर्नुपर्ने छ भन्दै भेट्न आग्रह गरेका राठीले खनियाका समाचार नलेखिदिन आग्रह गर्दै भने – ‘उहाँ कोहि महिलासँग सम्बन्धमा हुनुहुन्छ जस्तो त हामीलाई लाग्दैन। बिषय उठिसकेपछि हामी अवश्य छानविन गर्छौं। प्रमाणित भए कारबाही हुन्छ। तर, समाचार नलेखिदिनुस्। उहाँको परिवार छ, घर बिग्रिन्छ। यो बिषय उहाँ, तपाई, हामी मिलेरै सल्टाउनुपर्छ। म उहाँसँग कुरा गर्छु।’
यधपि सत्य तथ्य समाचार लेख्ने स्वतन्त्रता संचारमाध्यमलाई भएकोले अन्य बिषयको समचारका सम्बन्धमा भने आँफूले हस्तक्षेप नगर्ने बताए।महिलामाथि दुर्व्यवहार गर्ने दिपेन र खनिया जस्ता मान्छेलाई बैंकले किन काखी च्यापिरहेको छ ? भन्ने प्रश्नमा भने राठीले उनीहरुमाथि बोर्डले छिट्टै एक्सन लिने बताएका छन्।
यस सम्बन्धमा हामीले आरोपी एवं बैंकका सूचना अधिकारी समेत रहेका खनियालाई टेलिफोन गरेका छौँ, एसएमएस मार्फत् उनीमाथिको आरोपबारे स्पष्ट रुपमा सोधेका पनि छौँ। तर, सार्वजनिक रुपमा उठेका कुनै पनि बिषयको जवाफ नदिएका खनिया सामाजिक संजाल, टेलिफोन सबैतिर ब्लक गरेर सम्पर्कविहीन छन्।
यौन कान्डका आरोपी कार्कीलाई खनियाको ढाडस: किन गर्दैछन् अपराधको वकालत ?



















प्रतिक्रिया