काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थागत सुशासनको धज्जी उडाएको पाईएको छ। बैंकले महिनै पिच्छे विभागीय प्रमुख परिवर्तन गरी कर्मचारी विनियमावली तथा संस्थागत सुशासनको धज्जी उडाएको हाे । बैंकले पछिल्लो ४ महिनामै ४ जना मार्केटिङ प्रमुख फरिसकेको छ भने पुन: अर्का व्यक्तिलाई उक्त विभागको जिम्मेवारी दिने तयारी गरेको छ ।
बैंकको संचालक समिति तथा उच्च व्यवस्थापनका कर्मचारीहरु बिचमा देखिएको किचलोकै कारण पछिल्लो समय बैंकको वित्तीय अवस्थासँगै संस्थागत सुशासन समेत निकै छ । बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) रोशन कुमार न्यौपानेको खराव प्रदर्शन तथा फितलो व्यवस्थापनसँगै यसले बैंकको वित्तिय स्थितिमा देखिएको जटिलता एवं तल्लो तहमा परेको नकारात्मक प्रभावकै कारण यसको प्रत्यक्ष असर बैंकको संस्थागत सुसाशन तथा कर्मचारी व्यवस्थापनमा देखिएको छ।
बैंकको कमजोर वित्तीय अवस्था ढाकछोप गर्नकै लागि तत्कालिन सीइओ न्यौपानेले मिडिया व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै एक महिनामा ३ जना विभागीय प्रमुख फेरिसकेका थिए। न्यौपानेका अति विश्वासपात्र रहेका कैलास गौतमसँगको खटपट पछि उनले गौतमलाई जिम्मेवारीबाटै हटाईदिए। त्यसपछि उनले कैलासको ठाउँमा सरोज भट्टराईलाई नियुक्त गरे, उनले लामो समय उक्त विभागमा काम गरे। तर आँफू अनुकूल नभएपछि न्यौपानेले लामो समयदेखि मार्केटिङ विभागको नेतृत्व सम्हालिरहेका सरोज भट्टराईलाई हटाएर योगेन्द्र न्यापानेलाई भित्र्याएका थिए । तर, उनले बोर्ड, व्यवस्थापन र मिडियाको प्रेसर थेग्न नसकेपछि कार्यभार सम्हालेको एक साता बित्दानबित्दै बैंक छोडे।
हाल विभागको जिम्मेवारी बैंककै डेपुटी मेनेजर धिरेन्द्र वाग्लेलाई विभागको जिम्मेवारी दिईएको छ। तर, उनले पनि जिम्मेवारी सम्हालेदेखि नै हाल बैंकको कार्यवाहक सीइओ बनेका सन्तोष राठीको निर्देशन भन्दै अनावास्यक स्टन्ट देखाउँदै मिडियाका कन्फीडेसियल डकुमेन्ट्र समेत माग्न थालेपछि उनको पनि आलोचना सुरु भएको छ। जसका कारण राठीले उनलाई हटाएर आँफू निकट रहेका सिनियर अफिसर सन्तोष न्यौपानेलाई मार्केटिंग विभागको प्रमुख जिम्मेवारीमा ल्याउने तयारी गरेका छन्। न्यौपाने पूर्व संचारकर्मी हुन्।
उच्च पदस्थका आ- आफ्नै सिफारिस हुने र एकको कुरा अर्काले नटेर्ने प्रवृति बैंकभित्र व्याप्त रहेकाले पनि जुनियर कर्मचारी नियमभित्र बसेर काम गर्नै नसक्ने कर्मचारीहरुको गुनासो छ। उच्च व्यवस्थापनबीचको स्वार्थ नमिलेको र मिडिया व्यवस्थापनको जिम्मा लिएका वाग्लेले उक्त जिम्मेवारी सम्हाल्न नसकेकाले मार्केटिङ विभागको नेतृत्व सम्हालिरहेका वाग्लेलाई पनि हटाएर मिडिया व्यवस्थापनको जिम्मेवारी दिन लागिएको कार्यवाहक सीइओ राठीले बताए।
राठीका अनुसार यसअघि आफ्नो मातहतमा मिडिया व्यवस्थापनको जिम्मेवारी लिएर बसेका एसीइओ अर्जुनराज खनियाबाट उक्त जिम्मेवारी खोसिएपछि मिडियालाई उक्साउने, विभागका काममा असहयोग गर्ने, मिडिया मार्केटिङका लागि बजेट छुट्याउन नहुने/ खर्च गर्न नहुने भन्ने जस्ता गलत सुझाव दिएर विभागका काम कारबाहीलाई कमजोर बनाउने काम गर्दै आएका छन्। तसर्थ, बैंकका सुशासन कायम गर्ने गरी केहि दिनमै वाग्लेलाई हटाएर न्यौपानेलाई विभागको जिम्मेवारी दिन लागिएको उनको भनाई छ।



















प्रतिक्रिया