Logo

प्रमुख समाचार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै



नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ ।
बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेर घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आजको बैठकमा जाने/नजाने निश्चित छैन
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका हस्ताक्षर सङ्कलन अभियान चलाइरहेका बेला पदाधिकारी बैठक बस्न लागेको हो ।

 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ०९:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।