Logo

प्रमुख समाचार

रास्वपाले पहिलो महाधिवेशन निर्वाचनपछि गर्ने



राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनमा हुने निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ ।

पार्टीका नेता गणेश पराजुलीका अनुसार सम्पूर्ण शक्ति निर्वाचनमा खर्चिनुपर्ने भएकाले आज बसेको सचिवालय बैठकबाट एक किसिमले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने सहमति जुटेको छ ।

पराजुलीका अनुसार यो विषय आगामी कार्तिकमा बस्ने केन्द्रीय कमिटी बैठकबाट पारित हुने छ ।

‘एउटा लोकतान्त्रिक दलका लागि निर्वाचन अपरिहार्य विषय हो । हामीले फागुनमा नै महाधिवेशन गर्ने मिति तोकेका थियौँ तर निर्वाचनको मिति घोषणा भएपछि हामी सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गर्नुपर्ने भएकाले अहिले चुनावअगाडि अधिवेशन गर्न सम्भव भएन ।’ पराजुलीले खबरहबसँग भने, ‘आज बसेको सचिवालय बैठकमा सबै साथीहरुले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्छ भनेर सहमति जनाउनु भएकोछ ।’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १९:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।