काठमाडौं . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुक्रबार सकिएको छ । बैठकमा पार्टीका नेताहरूले आफूखुसी धारणा राख्दा बाहिर विभिन्न प्रकारका हल्लाहरू आएको भन्दै कार्यवाहक सभापति डिपी अर्यालले नेताहरूलाई गम्भीर ध्यानाकर्षण गराएका थिए ।
विभिन्न नेताहरूसँग छलफल र भेटघाट हुँदा नै नेताले बाहिर आफ्ना मनगढन्ते कुराहरू राखेकाले यसबारे पार्टी नेताहरूलाई गम्भीर हुन अर्यालले निर्देशन दिए ।
नको भनाइमा उपसभापति डा. स्वर्णीम वाग्लेले पनि सहमति जनाएका थिए । बैठकमा उपस्थित एक सचिवालय सदस्यका अनुसार वाग्लेले कसैसँग भेट हुँदैमा यसै हुन्छ भनेर अनुमान गर्न नहुने बताएका थिए ।
नेताहरूले आफूलाई निखार्नुपर्ने, बहकाउमा लाग्न नहुने तर्क उपसभापति वाग्लेले पनि राखेको रास्वपा सचिवालयका नेताको भनाइ छ । त्यसपछि पार्टी एक ढिक्का भएर जानुपर्छ भन्ने प्रस्ताव पास भएको ती नेताको भनाइ छ ।
बैठकमा संवाद समिति निर्माण, सभापति रवि लामिछानेको नख्खु प्रकरण, निर्वाचनको तयारी लगायतबारे छलफल भएको थियो ।





















प्रतिक्रिया