काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोगमा मालपोत कार्यालय, धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।
साविकको दोलालघाट गाविसको वडा नम्बर ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि खरिदार भण्डारीले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।
भण्डारीविरुद्ध २ लाख रुपैयाँ नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएकाे छ ।



















प्रतिक्रिया