काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपिन जोशीको रहेको पुष्टि भएको छ । डीएनए परीक्षणबाट उक्त शव विपिनको भएको खुलेको इजरायल डिफेन्स फोर्सले जनाएकाे छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपिनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो । रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
शव प्राप्त गरेपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनबाट डीएनए परीक्षण गराएको थियो । डीएनए परीक्षण गराउँदा उक्त शव विपिन रहेको खुलेको हो ।




















प्रतिक्रिया