Logo

प्रमुख समाचार

भूमि आयोग फर्काउनुपर्ने भन्दै एमालेका दुई जनसंगठन सडकमा



सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपाल र अखिल किसान महासंघले काठमाडौँमा संयुक्त प्रदर्शन गरेका छन्।
मंगलबार अपराह्न भूमि अधिकार तथा श्रमिक संगठन नेपालको आह्वानमा काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन गरिएको हो।
सभामा बोल्दै भूमि अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष इन्द्र तामाङले सरकारले तत्काल आयोग पुनःस्थापना नगरे आन्दोलनको आँधी ल्याउने चेतावनी दिए।
उनले गरिब किसानको हितमा स्थापना गरिएको आयोग खारेज गरेपछि आफूहरू सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पारे।
किसान महासंघका अध्यक्ष दंगालले भने, ‘भूमि समस्या समाधान अयोग अविलम्ब पुनःस्थापना होस् । सरकारले तत्काल निर्णय सच्याओस्।’
सरकारले निर्णय फिर्ता नलिए ५ लाखभन्दा बढी श्रमिक तथा किसान सडकमा उतारेर आन्दोलन गर्ने चेतावनी उनले दिए ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल महासचिव उमेश आचार्यले जेन-जी आन्दोलनपछि एमालेको जनसंगठनमध्ये सडकमा पहिलो भूमि अधिकार तथा श्रमिक संगठन उत्रिएको बताए। प्रदर्शनका क्रममा सरकारविरुद्ध चर्को नाराबाजी भएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार २०:१४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।