Logo

प्रमुख समाचार

गंगाले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा, आफूविरुद्ध भ्रम फैलाइएको गुनासो



काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् ।

आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले भनेकी छिन् ।

आफ्नो लवाई खुवाइलाई लिएर निरन्तर कुप्रचार गरिएको र भ्रम फैलाइएको भन्दै उनले राम्रो गर्छु भन्दा भन्दै विवादमा पारिएको गुनासो गरेकी छन् ।

‘म, मेरा दिदीहरू र भाइले महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएको कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागीरहियो ।कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरो बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ कहिले कति लाखको घडी ! लाख पर्ने घडी,ब्याग जिन्दगीमा कहिले किनेको पनि छैन साथीभाईले जन्मदिनको अवसरमा दिएको उपहार थियो सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो अजै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’

 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १४:४६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।