Logo

प्रमुख समाचार

संविधान र लोकतान्त्रिक मूल्यमान्यतालाई जोगाइ राख्नुपर्ने : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधान र लोकतान्त्रिक मूल्यमान्यतालाई जोगाइ राख्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) अर्घाखाँची सचिवालयको छैटौं विस्तारित बैठकलाई सोमबार सम्बोधन आज मुख्यमन्त्री आचार्यले विभिन्न नाममा संविधान र लोकतान्त्रिक मूल्यमान्यतामाथि चौतर्फी आक्रमण भइरहेको बताए ।

उनले लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे ।मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेनजीलाई ढाल बनाएर देशीविदेशी शक्तिहरूको घुसपैठका कारण अराजकता सिर्जना भएको दाबी गरे ।

यस्तै वर्तमान सङ्घीय सरकारको गैरजिम्मेवार भूमिकाका कारण तोकिएको समयमा चुनाव गराउन नसक्ने स्थिति बनेको टिप्पणी गरे ।बैठक जिल्ला अध्यक्ष पितम्बर भुसालको अध्यक्षता भएको बैठकमा पालिका कमिटी र इन्चार्जहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष शम्भुप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाललगायतले सम्बोधन गरेका थिए । बैठकको सहजीकरण सचिव तोजबहादुर रायमाझीले गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार २२:०७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।