Logo

प्रमुख समाचार

दलहरूको सहयोगबिना निर्वाचन सम्भव छैन: प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले दलहरूको सहयोगबिना निर्वाचन सम्भव नहुने बताएकी छन् । मंगलबार सरकार र दलका प्रतिनिधिबीच वालुवाटारमा भएको संवादमा कार्कीले सरकारको मुख्य ध्येय निर्वाचन रहेको बताएकी प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले बताए ।

प्रधानमन्त्रीले सरकारको मुख्य ध्येय निर्वाचन रहेको छ । दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभयो, मुख्य सल्लाहकार खनालले भने ।

खनालले प्रधानमन्त्री र दलको संवादमा सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राखेको बताए । मुख्य सल्लाहकार खनालले भने, सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राख्नुभएको छ ।

चासोहरू व्यक्त भएका छन् । मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार २२:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।