Logo

प्रमुख समाचार

विगतका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्छौँ: पूर्णबहादुर खड्का



काठमाडौं । कांग्रेसका कार्यावहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा खड्काले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताएका हुन्।

कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्ने समेत बताए।

उनले मुलुकलाई संकटबाट निकास दिनका लागि संयमित भएर अघि बढन पार्टीका युवाहरुलाई आह्वान समेत गरे।

कार्यवाहक सभापति खड्काले भने, ‘बृहत एकतावद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, नेपाल राष्ट्रले, विगतको इतिहासको कालखण्डजस्तै फेरि कांग्रेसबाट अपेक्षा गरेको छ । आशा गरेको छ, भरोसा गरेको छ । हाम्रा विगतमा कमीकमजोरीहरु भए होलान् । ती कमीकमजोरीहरुलाई स्वीकार्छौ ।’

 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १६:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।