Logo

प्रमुख समाचार

समयमै निर्वाचन गर्न नसके सरकार असफल हुन्छ : पूर्वमन्त्री अर्याल



राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति तथा पूर्वमन्त्री डोल प्रसाद अर्यालले अहिलेको सरकारको म्याण्डेट ६ महिनाभित्र निर्वाचन गर्ने भएको बताएका छन् ।

उनले समयमै निर्वाचन गर्न नसके यो सरकार असफल हुने दाबी गरेका छन् ।

रास्वपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामनासहित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कार्यवाहक सभापति अर्यालले निर्वाचन समयमै भयरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकारले राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्ता, सबैसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

उनले रास्वपाले निर्वाचन केन्द्रित कार्यक्रम अघि बढाएको बताउँदै आफ्नो पार्टी जनताको हितमा काम गर्न सधैँ अग्रसर रहेको उल्लेख गरे ।

उनले मुलुक लोकतन्त्र, गणतन्त्रमा रहेकोले यही संविधानभित्र रहेर सङ्घीयतालाई अब्बल, अझ राम्रो बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार २०:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।