Logo

प्रमुख समाचार

दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव 



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज निर्वाचन आयोगमा दल दर्ताका लागि जान लागेको छ । पार्टी महासचिव विप्लवको नेतृत्वमा दिउँसो पौने १ बजे आयोग पुग्ने तयारी भएको पार्टीका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

दल दर्ता प्रक्रियाका लागि नेकपाले यसअघि नै स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्य रहेका छन् ।

पार्टी स्रोतका अनुसार निर्वाचन आयोगमा पहिले नै “नेकपा” नाममा दल दर्ता भइसकेकाले नयाँ दल दर्ता गर्दा नाम परिवर्तन गर्ने तयारी गरिएको छ । नयाँ नामका विकल्पबारे छलफल अन्तिम चरणमा पुगेको र आवश्यक कागजातहरू आयोगमा पेस गर्ने तयारी पूरा भएको जनाइएको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १२:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।