काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको केन्द्रीय कार्यालय पुनःनिर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी कार्यालय पुनःनिर्माणका लागि करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताएका हुन् । सो सम्पूर्ण लागत विदेशका युवाहरूले जुटाउने घोषणा गरेका छन् ।
पार्टीले जलेकै भवनलाई पुनःनिर्माण गरेर पुनः पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका युवाहरूले उत्साहपूर्वक सहकार्यको इच्छा व्यक्त गरेका छन् । “कार्यालय हामी बनाइदिन्छौं” भन्ने प्रतिबद्धता युवाहरूबाट फोनमार्फत आएको बस्नेतले सामाजिक सञ्जालमा बताएका छन् ।
विदेशमा रहेका युवाहरूको यस योगदानलाई बस्नेतले “देशभक्ति र पार्टीप्रतिको समर्पणको प्रेरणादायी उदाहरण” भनेका छन्। पुनःनिर्माण कार्यको समन्वय अर्गनाइजेशन अफ नेपाली फ्रेन्ड्स (ONF) ले गर्ने बताइएको छ।





















प्रतिक्रिया