काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज साँझ ४ बजे बालुवाटारमा हुने त्रिपक्षीय छलफलमा जेनजीका १४ र विभिन्न राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी हुनेछन्। जेनजी आन्दोलनपछि पहिलोपटक यस्तो संयुक्त छलफल हुन लागेको हो ।
गत भदौ २३–२४ गतेको आन्दोलनपछि अन्तरिम सरकार बनेको थियो। प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन सबै पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयासस्वरूप छलफल बोलाएको प्रेस संयोजक राम रावलले बताएका छन् ।





















प्रतिक्रिया