Logo

प्रमुख समाचार

एकीकृत समाजवादीको बैठक बस्दै



नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ । बुधबारदेखि सुरु भएको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने छ ।

बुधबार बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेश भएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । अध्यक्ष नेपालले कम्युनिष्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभएसम्म एकता सम्भव नभएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

शुक्रबारसम्म चल्ने बैठकमा पार्टी पुनर्गठन कार्ययोजना, नेतृत्व हस्तान्तरण र रुपान्तरणका विषयमा छलफल हुनेछ । बैठकमा पार्टीको वैचारिक दृष्टिकोण र सैद्धान्तिक विषयमाथिसमेत बहस हुनेछ ।

बैठकले जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै आवश्यक कार्यक्रम अनुमोदन गर्ने छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार ०७:३२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।