Logo

प्रमुख समाचार

विश्वप्रकाशले सुझाए मंसिरभित्रै महाधिवेशन गर्न सकिने ४ विकल्प



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र पेचिलो बनिरहेको महाधिवेशनको गाँठो फुकाउन ४ प्रस्ताव अघि सारेका छन्। आज बस्ने केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर विकल्प दिएका हुन्।

महामन्त्री शर्माले २७ देखि २९ मंसिरसम्म १५औं महाधिवेशन गर्न सकिने पहिलो विकल्प अघि सारेका छन् ।

महामन्त्री शर्माले मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर गरिएको अवस्थामा त्यही समयभित्र विशेष महाधिवेशन गर्न सकिने दोस्रो विकल्प देखाएका छन् । विधानको १७ (२) बमोजिम भएको व्यवस्था ‘केन्द्रीय समितिले चाहेमा’ विशेष महाधिेवेशन हुन सक्ने भएकाले उक्त निर्णय गर्न सकिने महामन्त्री शर्माले बताएका छन् ।

महामन्त्री शर्माले विधानको सोही धारामा रहेको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन गर्नुपर्ने तेस्रो विकल्पमा रहेको उल्लेख गरेका छन् ।

यो विकल्पमा पनि सहमति नभए १५औं महाधिवेशनका लागि पुस १६ देखि १९ गतेसम्म गर्नसकिने चौथो विकल्प अघि सारेका छन् । संस्थापक नेता बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर फर्केको दिनलाई स्मरण गरेर त्यही दिनबाट १५औं महाधिवेशन गर्न सकिने शर्माले बताएका छन् ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १२:४३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।