काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरू कार्यसम्पादन समितिमा नरहेका नेताहरूको छुट्टै भेला सोमबार नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा बस्दैछन् ।
केन्द्रीय सदस्य गुरु बरालका अनुसार भेलामा १५औं महाधिवेशनको मिति प्रस्ताव र २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयारी आह्वान गरिनेछ ।
नेता नैनसिंह महरले पनि पार्टीको निकासबारे छलफल हुने बताए । बरालका अनुसार भेलाले पार्टीमा दर्ता गरिएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरी विशेष महाधिवेशनको विषय टुंगो लगाउन माग गर्ने तयारी गरेको छ ।





















प्रतिक्रिया