Logo

प्रमुख समाचार

नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता



काठमाडौं । बुधबार घोषणा गर्न लागिएको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।

यसअघि सो स्थानका लागि बामदेव गौतमको नाम प्रस्तावित गरिएको थियो । तर अन्तिम क्षणमा भएको छलफलपछि खनाललाई तेस्रो स्थानमा राख्ने सहमति बनेको बताइएको छ ।

भृकुटीमण्डपमा बुधबार आयोजित घोषणा सभामा दाहाल, खनाल, माधवकुमार नेपाल, बामदेव गौतमलगायतका शीर्ष नेताहरू सहभागी छन् । उक्त सभामार्फत माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता औपचारिक रूपमा घोषणा हुँदैछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १५:०३   :  बजे

606
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।