Logo

प्रमुख समाचार

नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक



काठमाडौं । दश वामपन्थी दलहरू मिलेर बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले औपचारिक रूपमा आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित भव्य एकता सभामा नवगठित पार्टीका नेता देव गुरुङले पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नयाँ नेकपा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न साना वाम घटकहरूको एकताबाट बनेको हो । सभामा शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरू सहभागी छन् ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १६:०९   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।