Logo

प्रमुख समाचार

ओलीको प्रश्न: सुकरात त भागेनन्, केपी ओली भाग्छ ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर नभाग्ने स्पष्ट पारेका छन् ।

शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले जनेजी आन्दोलनको समेत जग नभएको बताए ।

उनले सुशीला कार्कीको सरकारलाई फेद न टुप्पोको आकाशबेली सरकार भएको टिप्पणी गरे । ‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’

उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे । ‘त्यसवेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’, ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको तथा स्थानहद तोकेको भन्दै आपत्ति प्रकट गरे । नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दै छ सरकार भनेर ओलीले प्रश्न गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १६:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।