काठमाडौं । एमाले र कांग्रेसको भगिनी संगठन गुप्तचर र प्रहरीमा कतिको विचल्ली भयो कस्तो फलिफाप हुँदैछ, त्यो हेरिँदै छ । सरकार जसको नेतृत्वमा बने पनि गुप्तचर वा प्रहरी रातारात तीनकै हुन्थे । तर, आज ती नाङ्गै, छन् । गृहमन्त्री नै गुप्तचरको डिएसपी स्तरको तलवदार छन् । उनी हिजो एमाले थिए । पार्टी फुट्दा एकीकृत समाजवादीतिर लागे आफ्नै पेशाकर्मी मानन्धर थरकी चेली श्रीमतीलाई एमालोको वकिल समूहमै राखेका छन् ।
आजको गुप्चरमा एमालेका डिआईजी किशोर श्रेष्ठ र कांग्रेसका निर्देशक टेकेन्द्र कार्कीबीचमा एकाएक जोडी मिलाउने काम तिनले गरेका छन् । जो जेनजी आन्दोलनका अपराधीका रुपमा करार छन् । नेकपा एमाले एनजीओ र आईएनजिओमार्फत् पैसा कमाउन सफल पार्टी हो ।
वर्तमान सरकारविरुद्ध देखावटी रुपमा विरोध गरे तापनि ओली गुटले एनजिओ प्रेमी शुशिला कार्कीको टिमसँग सम्बन्ध जोडेको छ । गृहमन्त्री स्वंय हिजोको एमाले सदस्य त्यसमा पनि अध्यक्ष ओलीको भक्त रहेका उपमहासचिव प्रदीप ज्ञवाली जस्ता व्यक्तिसँग जिल्लावासीको नाताले गृहमन्त्रीको सम्बन्धत्र दरिलो हुँदा एमाले गुप्तचर डिआईजी किशोर श्रेष्ठको बढुवा निश्चित हुँदै छ ।
किनकी प्रधानमन्त्री कार्की पनि ‘रअ’ का एजेन्ट दुर्गा सुवेदीकी पत्नी भएकाले भारतीय गुप्तचरले रअका नीतिगत एजेण्डा अनुसार हिजो केपी ओली र डा. आरजु राणा देउवाले स्थापित गरेको सिद्धान्तमा चल्न सहज छ । गुप्तरका टेकेन्द्र कार्कीले आफ्नो अडान लिएर गर्ने काम संगठनमा अब छैन । किन कि गुप्तर भनेको माओवादीको मात्र खेदो खन्ने नेपाल प्रहरी जस्तै हो ।
भ्रष्टाचार विरोधी सरकारी योजनामा गुप्तचर जति असक्षम छ त्यो अनुरुप सूचना संकलनमा सफल छैन । त्यही कारण खारेज गरे हुने गुप्तचरका बदनामहरुले नेपाल प्रहरीको एआईजी पद कब्जा गरेका हुन् ।
हिजो कांग्रेसी रजगज हुँदा खाली कागजमा निवेदन लेखेर स्थायी निरीक्षक भएकामध्ये एसएसपी, एसपी र डिएसपीसम्मका सुरक्षा टिम आज उपल्लो तहमा छन् । स्वार्थ केन्द्रित यस्तो टिमले राष्ट्र र जनताको भलो गर्न सक्दैनन् । जेनजी आन्दोलनका बेला यो टिमको सरकारबाट जनअपेक्षा पूरा हुन्छ भन्ने छैन । तर, स्वार्थ केन्द्रित बन्दा यसको मूल उद्देश्य फकाउ र राज गरमा केन्द्रित हुने गुप्तचरका हाकिमहरुकै भनाइ छ ।




















प्रतिक्रिया