Logo

कर्पोरेट फोकस

कसले चलाउँदैछ नेपालका अर्थमन्त्री ?



काठमाडौं । डा. रामेश्वर खनाल लेखिएको नम्बरबाट म्यासेज आउँछ- ‘मलाई अनावश्यक थ्रेट दिन बन्द गर्न अनुरोध गर्दछु।’

अन्तरिम सरकारका अर्थ मन्त्री रामेश्वर खनालमाथि उब्जिएको सँका उपसँकालाई यसले थप मलजल गरेको छ। मन्त्री खनालले एकपछि अर्को गर्दै गरेका निर्णयले विवादित छन्।

त्यसमाथि अहमता, रुखो शैली र सोहिअनुसार गर्ने कार्य व्यवहारले मन्त्रालयभित्रका कर्मचारीदेखि सरोकारवाला पक्षसँगै सेवाग्राही समेत आजित हुन थालेका छन्। जसका कारण उनीमाथि सार्वजनिक वृत्तमै प्रश्न उठ्न थालेको छ।

त्यस्तै, खनालका पछिल्ला केहि निर्णयहरुका कारण उनी आफ्नै विवेकले निर्णय लिँदैछन् या उनलाई कसैले चलाइरहेको छ ? भन्ने सँका उत्पन्न हुन थालेका छन् ।

खनालले मन्त्री बनेलगत्तै “जनताको गुनासो प्रत्यक्ष सुन्ने” भन्दै आफ्नै मोबाइल नम्बर नै सार्वजनिक गरेका थिए। तर अहिले सोहि मोबाइल नब्बरबाट तुच्छ अमर्यादित एवम् अनपेक्षित जवाफ तथा धम्की आउने गरेका छन्।

खनालमाथि सार्वजनिक रूपमै उठेका प्रश्न र सोहि सन्दर्भमा सोधिएका प्रश्नहरूको जवाफ अनपेक्षित र रुखो भाषामा आउन थालेपछि मन्त्रालयकै कर्मचारीहरु समेत अचम्ममा परेका छन्। कुनै एक प्रश्नको उत्तर अर्कै विषयमा आउने, कहिले धम्कीपूर्ण ढङ्गबाट म्यासेज पठाइने जस्ता बिषयले उनको नम्बर या उनी आँफै कसैको निर्देशनमा त चलिरहेको छैन भन्ने प्रश्न उठिरहेको छ।

आज नेपाल उद्योग वाणिज्य महासंघले एक कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्रीदेखि लगभग सबै मन्त्री निम्तो मान्न पुगेका थिए। कार्यक्रम चलिरहेकै समयमा खनालको नम्बरबाट एक्कासी एउटा अप्रत्याशित म्यासेज आउँछ- ‘अनावश्यक थ्रेट दिन बन्द गर्न अनुरोध गरेको छु।’

यसमा रोचक कुरा त के भने— मन्त्री खनाल सँधै अंग्रेजीमा संवाद गर्छन्, तर उक्त सन्देश शुद्ध नेपालीमा आएको छ त्यो पनि बिना प्रसङ्ग बिना प्रश्न।

मन्त्री फुर्सदमा रहेछन् भनौ भनेपनि उनी कार्यक्रमको मन्चमा आसन ग्रहण गरिरहेका थिए। व्यस्त थिए भने एक्कसी म्यासेज किन गरेका होलान् । जनताका गुनासा सुन्ने र तत्काल सुनुवाइ गर्ने प्रतिबद्धता जनाएका मन्त्रीका मोबाइलमा त म्यासेज टन्नै थिए होलान्। मेरै म्यासेज बक्स खोलेर ‘नधम्क्याउ ‘ भन्ने म्यासेज म्यासेज कार्यक्रमकै बीच गर्नुपर्ने बाध्यता के आइपर्यो त्यस्तो ?

यी प्रश्नसँगै अर्को कुरा मनमा आयो- कतै उनको मोबाइल कसैको हातमा त थिएन? नत्र मन्त्री जस्ता मान्छेले किन यस्तो लेखेर बस्थे ?

यसमा अर्को अचम्मको कुरा पनि थियो यसअघि अर्थात् केहि दिन अघि सोधिएको प्रश्न महासंघका अध्यक्ष चन्द्र ढकालकै विषयमा थियो। सरकारले एउटा ब्यापारीलाई मात्र प्रोत्साहन गर्दै अन्य ब्यापारीलाई बायस गर्दैछ भन्ने जनगुनासोबारे प्रश्न गरिएको थियो। त्यसपछि मन्त्रीसँग कुरा भएको छैन। म्यासेज पनि गरिएको छैन। समय दिनुस् कुरा गर्नुपर्ने छ मात्र भनिएको छ।

यसले मन्त्री खनालको मोबाइलमार्फत् कसैले संवाद गरिरहेका त होइनन्? भन्ने सँका पैदा गरेको छ। हो यदि भने को हुन् ती व्यक्ति – जो खनालको प्राइभेट मोबाइलसम्म पहुँछ राख्छन्?

त्यसो त खनाल र ढकालबीचको सम्बन्ध नयाँ होइन। केपी ओली नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने समयमा ढकालले नै खनाललाई गभर्नरमा अघि सार्दै दौडधूप गरेको चर्चा त्यतिबेलै थियो। ६५ बर्ष उमेरहदको मापदण्ड लागु भएपछि खनाल गभर्नर बन्ने रेसबाट बाहिरिएका थिए। अहिले मन्त्री बन्नासाथ खनालले युरो थ्री मापदण्डका गाडी ल्याउने निर्णय मन्त्रिपरिषद् बाटै पारित गरि उनैलाई सघाएको आरोप छ।

खनालका मोबाइलबाट अन्य व्यक्तिहरु सँग पनि यस्तै किसिमका सन्देश आउने गरेको तथ्य उजागर भैरहेका छन्। यसबाट मन्त्री खनाल स्वयं मन्त्रालय र संचारकर्म या जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन् या अन्य कुनै शक्ति–समूहले उनको नाम प्रयोग गर्दै मन्त्रालय चलाइरहेको त छैन भन्ने संसय पैदा गरेको छ।

यदि यस्ता अनपेक्षित सन्देश, म्यासेज या निर्देशन उनै मन्त्री खनालले नै गरेका हुन भने यसले पनि जवाफदेहिता र सुशासनका भाषण गर्ने सरकारलाई गिज्याएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार ०८:४१   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।