काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले बन्द सूची पेश गर्न दुई दिन समय दिने तयारी निर्वाचन आयोगले गरेको छ ।
आयोगका अनुसार प्रारम्भिक निर्वाचन तालिकाअनुसार समानुपातिक प्रणाली तर्फ बन्द सूची पेश गर्ने मिति आगामी पुस १८ र १९ गते हुने प्रस्ताव गरिएको छ । आयोगले आवश्यकता अनुसार उक्त तालिकामा हेरफेर गर्न सक्ने जनाएको छ ।
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार दलहरूले बन्द सूची तयार पार्न सहज होस् भन्ने उद्देश्यले दुई दिनको समय छुट्याउने तयारी गरिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवार छनोटको तयारी तीव्र पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिले नै विज्ञप्ति जारी गर्दै समानुपातिक प्रणालीतर्फका उम्मेदवार आवेदन खुला गरेको छ । आयोगले सबै राजनीतिक दलहरूलाई तोकिएको म्यादभित्र बन्द सूची पेस गर्न आग्रह गर्ने तयारी गरेको छ ।
समयमै सूची पेस नगर्ने दललाई कानुनबमोजिम उम्मेदवारी दिन असमर्थ हुने व्यवस्था रहेको निर्वाचन ऐनमा उल्लेख छ ।





















प्रतिक्रिया