Logo

राजनीति

रास्वपामा समानुपातिक उम्मेदवारका लागि ५० हजार आवेदन शुल्क



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उमेदवार बन्न चाहने व्यक्तिले ५० हजार रुपैयाँसहित आवेदन दिनुपर्ने भएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले समानुपातिक उमेदवारी शुल्क ५० हजार तोकिएको बाह्रखरीलाई जानकारी दिए । रास्वपाले यही कात्तिक २२ गतेदेखि समानुपातिक उमेदवारका निम्ति आवेदन खुला गरिसकेको छ ।

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गतेका निम्ति तय छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १४:३६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।