Logo

प्रमुख समाचार

मधेशमा मन्त्री नियुक्त बिच्छालाई राप्रपाले सोध्यो स्पष्टीकरण



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छालाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेको हो ।

केन्द्रीय अनुशासन समितिका सदस्य सचिव भक्ति प्रसाद सिटौलाले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भन्दै पत्र पठाएको हो ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १६:११   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।