काठमाडौं । भविष्यको गतिशीलतालाई नयाँ परिभाषा दिँदै, XPENG AEROHT, XPENGको फ्लाइङ कार डिभिजनले आफ्नो क्रान्तिकारी फ्लाइङ सवारी ‘Land Aircraft Carrier’ का ६०० अर्डर मध्यपूर्व बजारबाट प्राप्त गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले स्मार्ट र दिगो यातायात प्रविधिको यात्रामा नयाँ विश्व कीर्तिमान स्थापित गरेको छ।
कम्पनीले यो उपलब्धि दुबईमा आयोजित International Appreciation Event मा सार्वजनिक गरेको हो, जहाँ “Land Aircraft Carrier” को पहिलो सार्वजनिक मानवीय उडान प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि XPENG लाई विश्वव्यापी रूपमा भविष्यका गतिशीलता प्रविधिमा अग्रणी नवप्रवर्तकका रूपमा मान्यता मिलेको कम्पनीको दाबी छ।
हाल XPENG का विश्वभरका अर्डर ७,००० युनिट नाघेका छन्, जसले कम्पनीको अत्याधुनिक प्रविधि र दूरदर्शी दृष्टिकोणप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास देखाउँछ।
सो कार्यक्रममा XPENG ले आफ्नो नयाँ विश्वव्यापी ब्रान्ड ‘ARIDGE’ सार्वजनिक गर्दै चीनको ग्वाङ्जाउमा अत्याधुनिक फ्लाइङ कार उत्पादन प्लान्ट सम्पन्न भएको घोषणा पनि गर्यो, जसले २०२६ देखि व्यावसायिक उत्पादन सुरु गर्नेछ।
कम्पनीले अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै जाँदा, यस उपलब्धिले XPENG को नवप्रवर्तन, भरपर्दोपन र इन्टेलिजेन्ट डिजाइनप्रतिको प्रतिबद्धता झल्काएको बताइएको छ।
नेपालमा समेत XPENG आफ्नो प्रिमियम इलेक्ट्रिक सवारीसाधनहरू — जस्तै XPENG 6 — मार्फत नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। कम्पनीका अनुसार निकट भविष्यमा नेपाली उपभोक्ताहरूले सडकसँगै आकाशमा समेत XPENG का अत्याधुनिक गतिशीलता प्रविधिको अनुभव गर्न पाउनेछन्।




















प्रतिक्रिया