Logo

प्रमुख समाचार

सेनाले पक्राउ गरेर हामीलाई हिरासतमा राख्यो: पृथ्वीसुब्बा गुरुङ



 

काठमाडौँ । नेकपा एमालेका उपमहारचिव पृथ्वीसुब्बा गुरुङले २४ भदौको जेनजी आन्दोलनका दिन सेनाले आफूहरूलाई पक्राउ गरेर हिरासतमा राखेको बताएका छन्।
देशभर विरोध गर्ने एमालेको कार्यक्रमअन्तर्गत लमजुङ पुगेका तत्कालीन सञ्चारमन्त्रीसमेत रहेका गुरुङले २४ भदौका दिन साढे १२ बजेतिर सेनाले आफूहरूलाई हिरासतमा लगेको बताएका हुन्।
‘२४ गते मर्थें म। साढे १२ बजे सेनाको हेलिकप्टर आएर म जस्तै थुप्रै मन्त्री र मन्त्रीका परिवारहरूलाई सेनाले हिरासतमा लग्यो’, उनले भने ‘हामी सेनाबाट पक्राउ परेर सेनाको हिरासतमा बसेर आएका मन्त्रीहरू हौँ।’
तत्काली सरकारका प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत आफूलाई सेनाले सहयोग नगरेको बताउँदै आएका छन्। यसै सन्दर्भमा गुरुङले हिरासतमै राखेको अभिव्यक्ति दिएका हुन्।
यद्यपि २४ गते जेनजी प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड भएपछि देशका विशिष्ठ व्यक्तिहरूलाई सेनाले उद्धार गरेर आफ्नो विभिन्न गणमा सुरक्षाका लागि राखेको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार ०८:२६   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।