काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गरिएको छ । रोयटर्सका अनुसार सोमबार इन्टरनेसनल क्राइम ट्रिब्यूनलले मानवअधिकारविरुद्धका घटनामा संलग्नता रहेको मुद्दामा फैसला सुनाउँदै हसिनालाई दोषी ठहर गरेको हो ।
गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहमाथि हसिनाले घातक दमनकारी कारबाही सञ्चालन गर्न आदेश दिएको आरोपमा महिनौँदेखि चलिरहेको मुद्दाको आज सुनुवाइ टुंगिएको हो । पाँचवटा मुख्य आरोपमध्ये हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धका गम्भीर अपराधलाई अदालतले महत्त्वपूर्ण मानेको छ।
फैसला आउनुअघि नै हसिनाले आरोपहरू ‘झूटो’ भएको दाबी गर्दै आफूले यस्ता निर्णयहरूको पर्वाह नगर्ने बताएकी थिइन्। अवामी लीग नेतृ हसिनाले आफ्ना समर्थकमुखी अडियो सन्देशमा नोबेल विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार आफू र आफ्नो पार्टीविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाएकी थिइन्।
“अवामी लीग जरा–जरा गाउँबाट उठेको पार्टी हो, कुनै सत्ता हत्याराको खल्तीबाट जन्मिएको होइन,” ७८ वर्षीया हसिनाको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।





















प्रतिक्रिया