Logo

प्रमुख समाचार

देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक छ: राप्रपा अध्यक्ष लिङ्देन



 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक निकास दिन राजनीतिक दल र जेनजी समूहबीच सर्वपक्षीय सम्मेलनमार्फत नयाँ सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

राप्रपा पोखरा महानगर समितिको नगर अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशलाई राजनीतिक निकास दिन प्रधानमन्त्रीले सर्वपक्षीय सहमतिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले राप्रपाले उठाउँदै आएको सुशासनलगायतका मुद्दा जेनजीले उठाएर अगाडि बढेकाले राप्रपाले जेनजीलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

पार्टीका महामन्त्री धवलशमसेर राणाले वर्तमान संविधानले जेनजीका माग सम्बोधन गर्न नसक्ने भनाइ राख्दै ठूला दलहरुबाट आजित भएका नेपाली जनताले परिवर्तन खोजिरहेकाले त्यसकै फलस्वरुप अहिलेको अवस्था आएको बताए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार २२:२८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।