काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टी पुनर्गठनको अडान आफूले नछाड्ने प्रस्ट पारेका छन् । पार्टीभित्र महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्ने विवाद चलिरहेको बेलामा महामन्त्री थापाले आफूले उठाएको एजेन्डा नछाड्ने बताए ।
उनले भने, ‘कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ।’
महामन्त्री थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई धैर्य राख्न अनुरोध पनि गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ ऊर्जा र सुधारिएर जाने पनि प्रष्ट्याएका छन् ।
‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ । सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ,’ उनले भनेका छन्, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ ।’





















प्रतिक्रिया