काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय च्यासलमा ८ घण्टासम्म बसेको बैठकले ११ औ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेता ज्ञवालीका अनुसार प्रतिनिधि व्यवस्थापन समिति संयोजक काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेल सचिव रहने गरी समिति गठन गरिएको छ ।
त्यसैगरी प्रदीप ज्ञवाली र राजन भट्टराई जनपरिचालन समिति, छविलाल विश्वकर्मा संयोजक लालबाबु पण्डित सचिव रहेको आवास व्यवस्थापन समिति गठन भएको छ ।
त्यस्तै खाद्य व्यवस्थापन समितिको संयोजक लेखराज भट्ट र भीष्म अधिकारी तथा गोकर्ण विष्ट र रचना खड्का रहेको यातायात समिति गठन भएको छ ।
त्यस्तै रघुवीर र महेश बर्तौला रहेको अतिथि सत्कार समिति र पद्यमा अर्याल र राजेन्द्र प्रचार समिति गठन भएको नेता ज्ञवालीले जानकारी दिए ।
नेता भानुभक्त ढकाल र विनोद ढकाल स्वयंसेवक समिति र विनोद श्रेष्ठ र लोकबहादुर भण्डारी मञ्च व्यवस्थापन समिति तथा कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य समिति,विष्णु रिमाल र विना श्रेष्ठ आर्थिक समिति गठन भएको छ ।





















प्रतिक्रिया