Logo

प्रमुख समाचार

नीतु आत्महत्या प्रकरणः ३ लाख धरौटी बुझाएर छुटे गायक बाबुल गिरी



काठमाडौं । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गर्न  आदेश दिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएका थिए ।

उनी बुधबार हिरासतबाट छुटेका हुन् । गायिक नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो ।

कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएकी थिइन् । घटनापछि उपचारका निम्ति बर्न अस्पताल, कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १३:३५   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।