Logo

प्रमुख समाचार

जसपा, नाउपा र रामुपा एउटै चिह्नबाट चुनाव लड्ने



 

काठमाडौं । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिह्नमा सहमति भएको छ ।

तीन पार्टीबीच आइतबार सहमति भएको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको जाँतो (चकिया) एकल चुनाव चिह्नका लागि तीनवटै दलबीच सहमति जुटेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, “विचार मिल्ने अन्य पार्टीलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गर्दछौँ ।”

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार २०:२०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।