Logo

प्रमुख समाचार

मिरज ढुंगाना समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै



काठमाडौं । ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।

ज्ञापनपत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाँदैछ ।

‘आज ३ बजे प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदै छौँ । सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि हुन थाले,’ ढुंगानाले भने, ‘यो आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका हौं ।’

तीन फरक–फरक जेनजी समूहले यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १४:१४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।