काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ ।
आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो ।
आजको सभामा नीति तथा कार्यक्रम पेस हुने त्रिवि उपकुलपति दीपक अर्यालले बताए ।
सभा ११ बजेका लागि बोलाइएको छ ।





















प्रतिक्रिया