गएराति धनकुटा नगरपालिका वडा नं. ७ स्थित मोहन श्रेष्ठको घरमा जुवातास खेल्नेहरुलाई प्रहरीले नगद सहित नियन्त्रणमा लिएको छ । दिपावली आएसँगै भाडावाल योगेन्द्र कार्कीको अगुवाईमा जुवातास खेल्ने खेलाउने कार्य हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली उक्त स्थान पुगी जुवातास खालबाटै १० जना स्थानीयलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त घर योगेन्द्र कार्कीले भाडामा लिएको हो ।
जुवाडेसँगै नगद रु.१ लाख ११ हजार ६ सय र अन्य सामग्री पनि बरामद गरी नियन्त्रणमा लिएकाे र तत्कालै जिल्ला प्रशासन कार्यालय धनकुटाबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।भाडावाल कार्की फरार रहेकाले खोजतलास कार्य भई रहेको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्दाजि.२ किलोमिटर पुर्व पर्दछ ।
नियन्त्रणमा लिएकाहरुमा धनकुटा नगरपालिका वडा नं. १ बस्ने वर्ष ३८ को दिलिप रायमाझी, धनकुटा नगरपालिका वडा नं. ७ को वर्ष ४८ को गोरख बहादुर कटुवाल, वर्ष ३३ को राम कुमार राई, वर्ष ३५ लक्षमण वि.क., वर्ष ३५ को समिर कुमार घिमिरे, वर्ष ६० को लिला कुमार ढंगोल,वर्ष ४५ को देश कुमार राई, वर्ष ४५ को उद्वव प्रसाद लामिछाने, वर्ष ३१ को राम कुमार राई, वडा नम्वर ३ वस्ने वर्ष ३० को प्रविण राईलगायत रहेका छन् ।
प्रतिक्रिया