काठमाडौं । नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले पदबहालीसँगै आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई सफल बनाउन केन्द्रित २५ बुँदे कार्य–प्राथमिकता सार्वजनिक गरेका छन्।
बुधबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनमा प्रभावकारीता ल्याउने र सुरक्षायुगोपयोगी संयोजन सुनिश्चित गर्ने विषयमा जोड दिए।
मुख्य सचिव अर्यालले पहिलो प्राथमिकतामा आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने विषयलाई राखेका छन्। उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षासम्बन्धी निकायहरूबीच मजबुत समन्वय गरी तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार मतदाता नामावली अद्यावधिक गर्नु, निर्वाचनसम्बन्धी निर्देशिका तथा कार्यविधिमा आवश्यक सुधार ल्याई मन्त्रिपरिषदबाट छिटो निर्णय गराउनु, सुरक्षाको प्रत्याभूति दिलाउनु जस्ता कार्यहरू प्राथमिकतामा छन्।
दोस्रो बुँदामा उनले सबै मतदातालाई निःशङ्कोच र उत्साहपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी गराउन सरकारले विश्वासको वातावरण निर्माण गर्ने उल्लेख गरेका छन्। यसका लागि प्रधानमन्त्रीको निर्देशनअनुसार र निर्वाचन आयोगसँग घनिष्ठ समन्वय गरी आवश्यक सहयोग पुर्याइने उनले बताए।
तेस्रो प्राथमिकताका रूपमा मुख्य सचिवले सुरक्षा निकायहरू– नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अनुसन्धान निकायहरूलाई आवश्यक समर्थन प्रदान गरी राष्ट्रिय सुरक्षा प्रणालीलाई अझ सक्षम बनाउनेमा जोड दिएका छन्।






















प्रतिक्रिया