Logo

कोशी प्रदेश

ताप्लेजुङकाे सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति



 

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको आगलागीबाट करिब रु ५० लाखबराबरको क्षति भएको छ ।

स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए ।

आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार २१:०२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।