नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरूले आज पनि काठमाडौंमा छुट्टाछुट्टै भेला गरेका छन्।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको महाधिवेशन गर्न सकिने र नसकिने पक्षले बेग्लाबेग्लै ठाउँमा भेला गरेका हुन्।
केही पूर्वपदाधिकारीसहित करिब ९० जना केन्द्रीय सदस्यहरूले बानेश्वरमा भेला गरेका हुन् भने २८ जना केन्द्रीय सदस्यले ललितपुरको कुपण्डोलमा भेला गरेका हुन्।
बानेश्वरको भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहित केन्द्रीय सदस्य पनि थिए। सभापति देउवाले छलफलका लागि निवासमा बोलाएपछि निधि, सिटौलालगायत नेताहरू भेलाकै बीचबाट गएका थिए।
यो भेलाले अहिले निर्वाचनमा होमिनुपर्ने र महाधिवेशन वैशाखमा मात्र गर्न उपयुक्त हुने निष्कर्ष निकालेको नेताहरूले बताएका छन्।
‘निर्वाचन तयारीका लागि हामीसँग अब समय कम छ, उम्मेदवारहरू सिफारिस माग्न थाल्नुपर्छ, अहिले महाधिवेशन गरे पार्टीभित्र विवाद देखिन्छ र त्यसले निर्वाचनमा असर पार्छ भन्ने हाम्रो निष्कर्ष हो,’ भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने।





















प्रतिक्रिया