Logo

कोशी प्रदेश

मोरङ करागारमा रहेका १३ जना कैदी उपचारका क्रममा मृत्यु



मोरङ । वैशाखयता कोशी प्रदेशको राजधानी विराटनगरस्थित जिल्ला कारागार मोरङमा रहेका १३ जना कैदीबन्दी तथा थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ।

विहीबार राति दुई जनाको मृत्यु भएसँगै कारागारमा रहेका कैदी तथा थुनुवाको अवस्थामा सरकारको जिम्मेवारी फितलो देखिएको हो। कारागार प्रशासनका अनुसार मृतक दुवै जनालाई फरक मुद्दामा अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाइएको थियो।

प्रशासनका अनुसार बिहीबार राति करिब साढे ११ बजे मोरङको बेलबारी नगरपालिका ४७ वर्षीय तेजबहादुर राईको मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको राईलाई प्रहरीले साउन २० गते जंगली हात्ती मारेको अभियोगमा पक्राउ गरेको थियो। राईको नोबेलमा उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर गौरव ढुंंगेलले जानकारी दिए।

जिल्ला अदालत मोरङले उनलाई कारागार चलान गरेर मुद्दाको पुर्पक्ष गर्न भदौ १८ गते आदेश दिएको थियो। यसक्रममा उनलाई अदालतले दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय गरेको थियो।

जेलर ढुंगेलका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिकाका ६६ वर्षीय हर्कजङ लिम्बूको पनि बिहीबार विहान करिब साढे ४ बजे उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो। एक महिना अघिबाट उपचाररत लिम्बू कर्तव्य ज्यान मुद्दामा रहेका थिए। जेलर ढुंगेलका अनुसार लिम्बूमा शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएको थियो।

उनका अनुसार २०८० साल साउन २८ गतेदेखि कारागारमा राखिएका लिम्बूलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार २२:३४   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।