Logo

प्रमुख समाचार

हामीलाई सडकमा आउन बाध्य नपारियोस्: कार्यवाहक सभापति अर्याल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरूलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिदै भनेः ‘हामीलाई सडकमा आउन बाध्य नपारियोस् ।’

आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई रास्वपाले पूर्णरुपमा सहयोग गरिरहेको भएपनि सरकारले सोअनुसारको व्यवहार गर्न नसकेको टिप्पणी गरे ।

‘हामीले यो सरकारलाई चुनाव गराउनको लागि आवश्यक टेको लगाइरहेका छौँ । तर यो सरकारले पनि रवि लामिछाने वा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि अथवा परिवर्तनका पक्षधरमाथि यो सरकारले पनि नजरअन्दाज गर्‍यो भने आज राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएको छ, अबको दिनमा अझै ठूलो बन्नेछ । हामीलाई सडकमा आउन बाध्य नपारियोस्,’ उनले भने ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार २०:२२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।