Logo

प्रमुख समाचार

१५औँ महाधिवेशनको प्रस्तावसहित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक पटक स्थगित हुँदै आएको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, रमेश लेखक लगायतको छलफलपछि महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको हो ।

सभापति देउवासँगको छलफलपछि आगामी पुस २७ देखि ३० सम्म महाधिवेशन गर्ने गरी तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालिएको हो ।

कार्यतालिकालाई अन्तिम रुप दिन कार्यबाहक सभापति खड्काले महामन्त्रीद्वयलगाय नेताहरुसँग थप छलफल गर्दैछन्  ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ०८:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।