Logo

राजनीति

चन्द्रदेव जोशीले घनश्याम भुसाललाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी



काठमाडौं । नेकपा संयुक्तको अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।

आज पत्रकार सम्मेलन गरेर आफूले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गराए ।

यसअघि ११ मंसिरमा घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी घोषणा भएको थियो ।

नेकपा एकीकृत समाजवादीको पुनर्गठन अभियानले नेकपा संयुक्त नाम राखेर संयुक्तकै चुनाव चिन्ह हँसिया राख्ने यसअघि नै सहमति भइसकेको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १५:१७   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।