Logo

प्रमुख समाचार

क्यानका निलम्बित महानिर्देशक अधिकारीको मुद्दा ‘हेर्न नमिल्ने’ मा



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ ।

विशेष अदालतले आजका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि अघि बढ्न नसकेपछि आउँदो आइतबारसम्मका लागि स्थगित भएको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइराला रहेको इजलास नम्बर–२ मा पेशी तोकिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार १६:३९   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।