Logo

प्रमुख समाचार

सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा



काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ राजदूतमध्ये ६ जनाले राजीनामा दिएका छन् ।

परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाइएका ११ राजदूतमध्ये ६ जनाले राजीनामा दिएकाे र उनीहरूकाे राजीनामा स्वीकृत भइसकेकाे मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिना,अमेरिकाका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदुत कृष्णप्रसाद ओली, बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे र कतारका लागि नेपाली राजदुत रमेशचन्द्र पौडेलले राजीनामा दिएका हुन् ।

उनीहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार १६:५९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।